पैदल यात्रा कार्यक्रममा ओली सहभागी, नागरिकले गरे स्वागत

नेपालभ्युज

पैदल यात्रा कार्यक्रममा ओली सहभागी, नागरिकले गरे स्वागत

काठमाडौं। नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् । मंगलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरूले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बनेका हुन् । चुनावी प्रचार-प्रसारकै निरन्तरताका रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन् ।

पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बनेकी थिइन् । पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरूको सहभागिता थियो ।

पैदल यात्रा कार्यक्रममा एमाले उम्मेदवारहरुले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरूलाई बहुमतले जिताउने विश्वास व्यक्त गरे । पैदल यात्राका क्रममा अध्यक्ष ओली र उनकी धर्मपत्नी शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरूलाई नागरिकले फूलमालाले स्वागत गरेका थिए ।

निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले आफ्ने चुनावी प्रचार-प्रसार तीव्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरू चुनावी घरदैलोमा व्यस्त छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved