रुसबाट भर्खरै मुक्त भएको खेरसन सहरमा कर्फ्यु र त्रास, फेरि ठूलो आक्रमणको चेतावनी

खेरसनका गभर्नर यारोस्लाभ यानुशेभिचले नागरिकहरूलाई भीडभाड हुने ठाउँहरूबाट टाढा रहन र सोमबार शहरको केन्द्रबाट टाढा रहन भनेका छन् किनभने त्यहाँ सेनाले बम निष्कृय गर्नेछ।

नेपालभ्युज

रुसबाट भर्खरै मुक्त भएको खेरसन सहरमा कर्फ्यु र त्रास, फेरि ठूलो आक्रमणको चेतावनी

कीभ। रुसबाट मुक्त गरेको खेरसन सहरमा युक्रेनले कर्फ्यु लगाएको छ । रुसी सेनाले पूर्ण रुपमा खेरसन सहर नछाडेको र नजिकैको दिनिप्रो नदीमा ठूलो क्याम्प बनाएर बसेकाले जोखिमलाई ध्यान दिएर युक्रेनले कर्फ्यु लगाएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

कर्फ्युसँगै शहर भित्र र बाहिर यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको छ ।  सुरक्षा स्थिति तनावपूर्ण बनेको खबरमा उल्लेख छ । खेरसनमै रहेका रुस समर्थित युक्रेनी लडाकु र रुसी सेनाले पुन: बलियो आक्रमण गर्ने त्रास फैलिएको छ । खेरसनका अधिकारीहरूले नोभेम्बर १३ देखि १९ सम्म नदी यातायातको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।

भागेका स्थानीयहरूलाई उनीहरूको घरमा बम र विष्फोटक पदार्थको जाँच नभएसम्म नफर्किन चेतावनी दिइएको छ।  खेरसनका गभर्नर यारोस्लाभ यानुशेभिचले नागरिकहरूलाई भीडभाड हुने ठाउँहरूबाट टाढा रहन र सोमबार शहरको केन्द्रबाट टाढा रहन भनेका छन् किनभने त्यहाँ सेनाले बम निष्कृय गर्नेछ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसीहरूले खेरसनका सबै महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेका र शहरलाई बिजुली, पानी र सञ्चारबाट वञ्चित गरेका बताएका छन् । गभर्नर यानुशेभिचले खेरसन र आसपासका क्षेत्रका बासिन्दाहरूलाई दाउरा वितरण गर्ने घोषणा गरेका छन् । नगरपालिकाले स्थानीय बासिन्दालाई ६ हजार साना स्टोभ वितरण गर्ने योजना पनि बनाएको छ ।

रुसी सेनाले सहर छाडेपछि युक्रेनी सेना विजयउत्सव मनाउँदै गएको शुक्रबार खेरसनमा प्रवेश गरेको थियो । गएको मार्च महिनामा युक्रेनमा आक्रमण थालेपछि रुसले नियन्त्रणमा लिएको पहिलो रणनीतिक सहर खेरसन नै हो । तर रुसले एकाएक खेरसनबाट सेना फिर्ता गर्ने निर्णय गर्नुलाई उसको चलाखपूर्ण र रणनीतिक कदमका रुपमा ब्याख्या गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved