रौतहटमा एमालेले सोध्यो ५ जनालाई २४ घण्टे स्पष्टीकरण

नेपालभ्युज

रौतहटमा एमालेले सोध्यो ५ जनालाई २४ घण्टे स्पष्टीकरण
फाइल तस्वीर

रौतहट ।  नेकपा एमालेले रौतहटका आफ्ना ५ जना जनप्रतिनिधिलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहट-३ का  स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै एमालेले आइतबार उनिहरुलाई स्पष्टीकरण सोधेको हो ।

एमालेको मधेस प्रदेश कमिटीले  मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालका नाममा पत्र काटेर  स्पष्टीकरण सोधेको हो ।

पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको हुनाले २४ घण्टा भित्रमा स्पष्टीकरण बारे जानकारी गराउन पत्रमामाफर्त भनिएको छ । अन्यथा विधानबमोजिम कारवाही गरिने पत्रमा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved