र्‍यापर हप्याकको मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्री पक्राउ

नेपालभ्युज

र्‍यापर हप्याकको मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्री पक्राउ

काठमाडौं। र्‍याप गायक हप्याक (मिलनजंग कुँवर) लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्री पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको डीएसपी सन्तोष पाठकले जानकारी दिए । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने उनले बताए ।

झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्‍यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो । हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौं,’ डीएसपी पाठकले भने ।

झाँक्रीले झारफुक गर्ने भन्दै हप्याकको मुखमा अगुल्टो झोसेको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।

टेलिभिजन रियालिटी शो नेपहपको श्रीपेचबाट चर्चामा आएका हप्याक युवापुस्तामाझ चर्चित छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved