प्युठानमा एमाले, कांग्रेस बीपी र जसपाले चुनावी तालमेल गर्ने

नेपालभ्युज

प्युठानमा एमाले, कांग्रेस बीपी र जसपाले चुनावी तालमेल गर्ने

प्‍युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले, कांग्रेस बीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ ।

शुक्रबार नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजयराज विष्ट, कांग्रेस बीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेल गर्ने ३ बुँदे सहमति गरेका हुन् ।

उक्त सहमति पत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्‍यक्ष उम्‍मेदवारतर्फ सूर्य चिह्नमा मतदान गर्ने, प्रतिनिधि तथा प्रदेशसभा समानुपातिकतर्फ आ-आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने र चुनाव प्रचार-प्रसारका क्रममा संयुक्त चुनावी सभा तथा संयुक्त घरदैलो कार्यक्रम गर्ने उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved