मन्त्रीको निधनमा प्रदेश १ मा आज सार्वजनिक बिदा

हिजो निधन भएका प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको शोकमा सार्वजनिक बिदा दिइएको छ।

नेपालभ्युज

मन्त्रीको निधनमा प्रदेश १ मा आज सार्वजनिक बिदा

काठमाडौं। हिजो निधन भएका प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको शोकमा सार्वजनिक बिदा दिइएको छ। मन्त्री थापाको शोकमा बिहीबार प्रदेश सरकारका सबै कार्यालय, सार्वजनिक संघ संस्थामा आज सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाका अनुसार थापाको राष्ट्रिय झन्डा झुकाउने निर्णय पनि भएको छ।

डेंगु र निमोनियाको सङ्क्रमणबाट गम्भीर बिरामी परेका थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार निधन भएको हो। उनी कांग्रेसका प्रदेशसभाका उम्मेदवार पनि थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved