मेटाबाट ११ हजार कर्मचारी कटौती गर्ने निर्णयपछि जुकरबर्गले माफी मागे

नेपालभ्युज

मेटाबाट ११ हजार कर्मचारी कटौती गर्ने निर्णयपछि जुकरबर्गले माफी मागे

काठमाडौं। मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ। फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो। विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन्।

मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए।

‘मलाई थाहा छ यो सबैका लागि कठिन छ। म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’, प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखेका छन्। जुकरबर्गले महामारीको समयमा फर्मको राजस्वमा भएको बृद्धिको आधारमा दीर्घकालीन अपेक्षाहरूलाई दोष दिए।

‘धेरै व्यक्तिहरूले यो स्थायी गति हुने भविष्यवाणी गरेका थिए’ उनले लेखे, ‘मैले पनि गरें, त्यसैले मैले महत्वपूर्ण रूपमा हाम्रो लगानी वृद्धि गर्ने निर्णय गरें।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved