किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य निर्धारण, प्रतिक्विन्टल २२६ रुपैयाँले बढ्यो

नेपालभ्युज

किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य निर्धारण, प्रतिक्विन्टल २२६ रुपैयाँले बढ्यो

काठमाडौं। सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षभन्दा क्विन्टलमा २२६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।

यो मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ । न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved