धारिलो हतियार प्रहार गरी काकाको हत्या

नेपालभ्युज

धारिलो हतियार प्रहार गरी काकाको हत्या

काठमाडौं। धनकुटामा एक जनाले धारिलो हतियार प्रहार गरी काकाको हत्या गरेका छन्। छथर जोरपाटी गाउँपालिका-३ गैरीगाउँका ४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका हुन्।

बिहान उठेर घरमा बसिरहेका बेला आएका तेजबहादुरले पछाडिबाट धारिलो हतियारले घाँटी काटेको प्रहरीले जनाएको छ। मानसिक सन्तुलन ठीक नभएका तेजबहादुरले धारिलो हतियारले आक्रमण गरेका थिए। प्रहरीका अनुसार आक्रमण पछि घाइते भएका भगीश्वरको स्थानीय पुग्दा मृत्यु भइसकेको थियो।

घटनापछि सूचना पाएको प्रहरीले टोली पठाएको र अहिले घटनास्थल पुगेर प्रहरी अनुसन्धान तथा शव जाँचबुझको काम गरिरहेको छ। प्रहरीले ओरोपी तेजबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ। मृतक भगिश्वरको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याउने तयारी भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मिराज अधिकारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved