एमालेलाई कुनै पनि गठबन्धनले रोक्न सक्दैन : केपी ओली

नेपालभ्युज

एमालेलाई कुनै पनि गठबन्धनले रोक्न सक्दैन : केपी ओली
फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने बताएका छन् । उनले भने, ‘गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा (एमाले) को सरकार बन्ने निश्चित छ ।’

मंगलबार झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्क (सालवारी) मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरे ।

राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने उनको भनाइ थियो । झापा २ मा नेकपा (एमाले) सँगै कुनै प्रतिस्पर्धा हुँदैन अध्यक्ष ओलीले भने, ‘यहाँ उम्मेदवार रहनुभएका देवराज घिमिरे झापाको मात्रै होइन विगत ४८ वर्षदेखि साविक मेची अञ्चलका आधाजसो मानिसको घरघरमा जनताका काम गर्न पुग्नुभएको छ, त्यो अर्थमा पनि उहाँको जित निश्चित छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved