सागर ढकाललाई प्रशासनको जवाफ: आचारसंहिता पालना गर्नुहोस्, सुरक्षा दिन तयार छौँ

निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरुको प्रचार प्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाईएको प्रशासनको भनाई छ ।

नेपालभ्युज

सागर ढकाललाई प्रशासनको जवाफ: आचारसंहिता पालना गर्नुहोस्, सुरक्षा दिन तयार छौँ

डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालको गुनासोमा प्रशासनले जवाफ दिएको छ । ढकालले आइतबार आफूलाई चुनावी प्रचार  प्रसार गर्न समेत नदिइएको र माथिदेखि तलसम्म शेरबहादुर देउवाका मान्छे भएकाले कानुनले कामै नगरेको बताएका थिए ।

तर आइतबार राति नै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले विज्ञप्ती निकालेर सागर ढकालको विषयमा आएका समाचार र हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरुको प्रचार प्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाईएको प्रशासनको भनाई छ ।

प्रशासनले विज्ञप्तीमा भनेको छ, “आज मिति २००९।०७।२१ गते विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित प्रहरी प्रशासनद्वारा प्रचार प्रसारमा रोक भन्ने समाचार प्रति जिल्ला प्रशासन कार्यालय डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरुको प्रचार प्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाईएको व्यहोरा सबैलाई जानकारी गराइन्छ । निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई संचालन गरिने प्रचार प्रसारका कार्यक्रमहरुमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved