विरोध खतिवडाको दाबी- मलाई हराउन भन्दै ओलीले १० करोड दिएर मान्छे खटाए

पूर्वस्वास्थ्यमन्त्री समेत भइसकेका नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनावमा हराउन भन्दै १० करोड रुपैयाँ दिएर मान्छे खटाएको दाबी गरेका छन् ।

नेपालभ्युज

विरोध खतिवडाको दाबी- मलाई हराउन भन्दै ओलीले १० करोड दिएर मान्छे खटाए

हेटौँडा। पूर्वस्वास्थ्यमन्त्री समेत भइसकेका नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनावमा हराउन भन्दै १० करोड रुपैयाँ दिएर मान्छे खटाएको दाबी गरेका छन्।

गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का उम्मेदवार खतिवडाले आफू र माधव नेपाललाई हराउन केपी शर्मा ओलीले १० करोड दिएर मान्छे खटाएको दाबी गरेका हुन्।

हेटौंडामा भएको एक कार्यक्रममा खतिवडाले जसरी पनि आफूलाई हराउन केही व्यक्ति ठुलै पैसा खर्च गरेर लागिपरेको सूचना पाएको बताएका हुन्। एमालेबाट छुट्टिएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका खतिवडाले केपी ओली नै आफूलाई हराउन लागि परेको बताए।

उम्मेदवार खतिवडाले एमालेसँग विद्रोह गरी प्रतिगमन बिर्को लडाइमा लागेका हामी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विरोध खतिवडालाई यो चुनावमा जसरी पनि हराउनुपर्छ भनेर केही व्यक्ति लागिपरेको आफूले सुनेको बताएका हुन्।

‘‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छु’’ खतिवडाले भने, ‘‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउन लागेका छन् अरे। ’’

खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जति पनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए। ‘‘पैसा बुझेर हराउन लागेकाहरू मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ’’ खतिवडाले भने।

उनै खतिवडाले केही दिन अघि केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप समेत लगाएका थिए। कमल थापा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट सूर्य चिन्ह लिएर चुनावमा होमिएका छन्। खतिवडाले ओलीले राजावादी र विखण्डनकारीहरूसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै भने, ‘‘ओलीले १० करोड लिएर यस पटक सूर्य चिन्ह पनि कमल थापालाई बेच्नुभयो।’’

उम्मेदवार खतिवडाले प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेबाट निर्वाचित झन्डै आधा दर्जन वडाध्यक्ष आफ्नो चुनावी प्रचारमा लागिसकेको समेत बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved