तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग पुन: सर्वोच्चमा

नेपालभ्युज

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग पुन: सर्वोच्चमा
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने  सर्वोच्च अदालतको आदेशप्रति असहमति प्रकट गर्दै निर्वाचन आयोग पुनः सर्वोच्चमा पुगेको छ ।

आयोगले सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनाउँदै त्यसको खारेजीको माग राखी शुक्रबार निवदेन दिएको हो ।

सर्वोच्च अदालतबाट आदेश र म्याद तामेल नहुँदै अनौपचारिक रुपमा त्यसको कानूनी प्रतिवाद गर्ने तयारी थालेको निर्वाचन आयोगले म्याद बुझेको केही घण्टामै अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखी निवेदन दिने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले विभिन्न आधार लिएर रास्वपाको ललितपुर–३ की उम्मेदवार कार्की लाभको पदमा नै रहेको जिकिर गरेको छ ।

अदालतले कात्तिक १५ गते प्रारम्भिक सुनुवाइपछि ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न आयोगलाई अन्तरिम आदेश दिएको थियाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved