सीमा प्रहरी कार्यालय जटहीका प्रमुख घुससहित अख्तियारद्वारा पक्राउ

सीमा प्रहरी कार्यालय जटहीका प्रमुख घुससहित अख्तियारद्वारा पक्राउ

जनकपुरधाम। धनुषाको सिमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको हो।

चौधरीले सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिइरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved