प्रधानमन्त्री देउवालाई स्वागत गर्न प्रतिस्पर्धी सागर ढकाल पनि लाइनमा

देउवालाई जसरी पनि चुनावमा हराउने भन्दै गुल्मीबाट डडेलधुरा पुगेका ढकाल सामाजिक सञ्जालमा चर्चित पात्र हुन् । तर उनै देउवालाई स्वागत गर्न बिहीबार लाइनमा उभिएको देखेपछि धेरैजना अचम्ममा परे । देउवाले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने ढकालले बताए । 

नेपालभ्युज

प्रधानमन्त्री देउवालाई स्वागत गर्न प्रतिस्पर्धी सागर ढकाल पनि लाइनमा
सुन्तला रंगको कुर्ता पाइजामा लगाएर लाइनमा सागर ढकाल

धनगढी । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । रोचक त यो छ की देउवालाई स्वागत गर्न प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइनमा उभिएको देखिए ।

देउवालाई जसरी पनि चुनावमा हराउने भन्दै गुल्मीबाट डडेलधुरा पुगेका ढकाल सामाजिक सञ्जालमा चर्चित पात्र हुन् । तर उनै देउवालाई स्वागत गर्न बिहीबार लाइनमा उभिएको देखेपछि धेरैजना अचम्ममा परे । संचारकर्मीसँग ढकालले राजनीतिक संस्कारका लागि यस्तो गरेको बताए । विदेशमा पनि यस्तो चलन रहेको उनको भनाइ छ ।

देउवाले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने उनले बताए ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले बिहीबारदेखि जिल्लामा चुनावी अभियान थालेका छन् । श्रीमती आरजु राणामार्फत् मनोनयन दर्ता गराएका देउवा चुनावका लागि पहिलो पटक जिल्ला पुगेका हुन् ।

देउवाले भोलि शुक्रबार बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

स्वतन्त्र उम्मेदवार ढकालले ति सभामा सम्बोधनका लागि आफूले समय माग्ने बताएका छन् । तर यसबारे गठबन्धन र कांग्रेसको भने प्रतिक्रिया आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved