६ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

नेपालभ्युज

६ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

विराटनगर।  स्थानीय ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमाएक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का ३८ वर्षीय सजन कामत रहेका छन् । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई भाइटीकाको भोलिपल्ट कात्तिक ११ गते दिउँसो बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री हुन् ।

पीडित बालिकाको बाबु ज्याला मजदुरी गर्न गएको र आमा पनि घरमा नभएको मौका छोपी बालिकालाई बलात्कार गरेको आरोपमा कामत पक्राउ परेका हुन् । पीडित बालिकाले कामतले बलात्कार गरेको विषयमा छिमेकीलाई सुनाएकी थिइन् । त्यसपछि, बलात्कारको घटना विराटनगर १२ मा रहेको प्रहरी चौकी बखरीमा पुगेको थियो ।

पीडित बालिकाका बाबुले मोरङ प्रहरीमा १४ कात्तिकमा कामतविरूद्ध ‘जबर्जस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बुधबार कामतलाई मोरङ अदालतमा जबर्जस्तीकरणी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।

पीडित बालिकाको बुधबार विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved