काठमाडौं ३ मा बद्री बजगाईँको उम्मेदवारी निष्क्रिय

नेपालभ्युज

काठमाडौं ३ मा बद्री बजगाईँको उम्मेदवारी निष्क्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ३ बाट  उम्मेदवारी दिएका बद्री बजगाईँको उम्मेदवारी निष्क्रिय गराएको छ । पार्टी मुख्यालयले क्षेत्र नम्बर ३ का नेतृत्वलाई पत्राचार गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार बद्री बजगाईँको उम्मेदवारी निष्क्रिय बनाउन निर्देशन दिएपछि उनको उम्मेदवारी निष्क्रिय भएको हो ।

यस्तै प्रदेश सभा अन्तर्गत ३ (१) मा   कपिलमुनी उप्रेतीको उम्मेदवारी पनि निष्क्रिय गरेर गठबन्धनको उम्मेदवारहरुलाई सहयोग गर्न पार्टीले निर्देशन दिएको छ । तर, प्रदेश सभा ३ (२) मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति बमोजिम महेश्वर फुयाँलको उम्मेदवारी कायमै रहेको मा‌‌‌ओवादीले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved