७२ सिटे बुद्धको जहाजले एकजना मात्रै यात्रु लिएर उड्याे विराटनगर

उनले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ। उनले लखेका छन्, ‘‘काठमाण्डौबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु। रोमाञ्चक अनुभव।’’

नेपालभ्युज

७२ सिटे बुद्धको जहाजले एकजना मात्रै यात्रु लिएर उड्याे विराटनगर

काठमाडौं। ७२ सिटको बुद्ध एयरको जहाज एउटा मात्रै यात्रु लिएर काठमाडाै‌बाट विराटनगर उडेको छ। मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा  व्यवसायी तथा राप्रपाका नेता उद्धव पौडेल मात्रै थिए।

उनले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ। उनले लखेका छन्, ‘‘काठमाण्डौबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु। रोमाञ्चक अनुभव।’’

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको बताए। अहिले काठमाडौबाट बाहिर जाने यात्रु नभएको र काठमाडौं फर्कने यात्रुको भने घुइँचो रहेको उनको भनाइ छ।

कहिलेकाहीँ रित्तो जहाज उडाएको रेकर्ड पनि रहेको सुनाउँदै जोशीले मंगलबार एक जना मात्रै यात्रु लगेको र फर्कँदा ७० जना यात्रु बोकेर काठमाडौं आएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved