लिभरपुलले नापोलीलाई २-० गोल अन्तरले हरायो

नेपालभ्युज

लिभरपुलले नापोलीलाई २-० गोल अन्तरले हरायो

काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले नापोलीलाई २-० गोल अन्तरले हराएको छ।

समूह चरणको अन्तिम खेलमा मंगलबार राति लिभरपुलले नापोलीलाई २-० गोल अन्तरले हराएको हो। लिभरपुललाई जित दिलाउन मोहमद सलाह र डार्विन नुनेजले एक/एक गोल गरे। खेलको ८५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए। यस जितसँगै समूह ‘ए’ को लिभरपुलले ६ खेलमा १५ अंक जोड्यो। लिभरपुल समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। नापोली ६ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved