बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना, छोरीको अवस्था गम्भीर

नेपालभ्युज

बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना, छोरीको अवस्था गम्भीर

काठमाडौं। बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतिग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ ।

नायिका रम्भाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कार दुर्घटनाको खबर साझा गरेकी छिन् । उनले कारको तस्बिर पनि सेयर गरेकी छिन् । फोटोमा तपाईं देख्न सक्नुहुन्छ कि कार नराम्रोसँग क्षतीग्रस्त भएको छ । तर उनलाई धेरै चोट भने लागेन ।

दुर्घटनाको खबर साझा गर्दै उनले आफ्नो पोस्टमा लेखिन्, ‘बच्चालाई स्कुलबाट लिएर आउँदा हाम्रो कार अर्को कारसँग ठोक्कियो । मसँग मेरो बच्चा र उनलाई हेरविचार गर्ने सहयोगी थिइन् । हामी सबै सुरक्षित छौँ । हामीलाई हल्का चोट लागेको छ । तर मेरी छोरी साशा अहिले पनि अस्पतालमा छिन् । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस् । तपाईंहरूको प्रार्थनाले निकै महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ -एजेन्सी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved