रोल्पामा बस दुर्घटना : ८ जना घाइते, २ जनाको अवस्था गम्भीर

नेपालभ्युज

रोल्पामा बस दुर्घटना : ८ जना घाइते, २ जनाको अवस्था गम्भीर

राेल्पा। रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुन्टिगढी गाउँपालिका–८ मेलटाकुराबाट दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस पानीगैरामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ । बसमा तिहार मनाएर फर्किएका १५ यात्रु चढेका थिए । बस सडकमै पल्टिएको छ । घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल तुल्सीपुर दाङ पठाइएको छ ।

तुल्सीपुर–१८ बस्ने ४५ वर्षका कलिराम परियार र उहाँकी छोरी ४ वर्षीया अन्जना परियार गम्भीर घाइते भएको प्रहरीले जनाइएको छ । चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१९ का केशव खड्का फरार रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved