नेपालमा पनि ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी भेटियो

नेपालभ्युज

नेपालमा पनि ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी भेटियो

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा साउन २१ देखि आश्विन १४ सम्म  विभिन्न उमेर समूहका व्यक्तिहरुमा  गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पहिचान भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारिले आइतबार विज्ञप्ति मार्फत जानकारी दिए ।

एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ । अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चाडवर्वको समयमा जमघट बढी हुने भएकाले कोभिड-१९ तिव्र गतिमा फैलिने संभावना उच्च रहेकाले संक्रमण रोक्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved