काठमाडौं। चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएका हुन् । महासचिव नै चीनको राष्ट्रपति हुने प्रचलन छ । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।
एक दशकदेखि सत्तामा रहेका सीले तेस्रोपटक कार्यकाल सम्हालेर इतिहास रचेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओ चतोङको निधनपछि कुनै पनि नेता तेस्रोपटक सत्तामा आउन सकेका थिएनन् ।
सीले पार्टी महासचिवमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । सात सदस्यीय पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा सी सहित ली चियांग, झाउ लेजी, वाङ हुनिङ, काई ची, डिङ सुइसिङ र ली सीको चयन भएका छन् । जसमध्ये ली चियांगलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । उनले ली खछ्याङको स्थान ओगटेका छन् ।
पार्टीको नेतामा निर्वाचित भएपछि सीले आफ्नो सम्बोधनमा भने, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद ।’ उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अग्रसर हुने बताए ।
Facebook Comment
Comment