सशस्त्र प्रहरीको ट्रक दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ घाइते

नेपालभ्युज

सशस्त्र प्रहरीको ट्रक दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ घाइते

कपिलवस्तु। कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। सुरक्षा बेसक्याम्प विसनपुर चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरी बल नेपाल २८ गण हेड क्वाटर कपिलवस्तुको ना १ ग ५४४ नम्बरको वानटन ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा दुर्घटना भएको थियो।

सो दुर्घटनामा साइकल यात्री एक जना र ३ सशस्त्र प्रहरीसहित ४ जनाको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान जनक चौधरी र हवल्दार रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

योसँगै मृतकको संख्या ४ पुगेको छ भने अन्य ३ जना घाइतेको उपचार भइरहेको छ । यसअघि, शुक्रबार साँझ नै चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयबासी अमर तङनामीको मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved