माधव नेपाललाई निर्वाचन आयोगको स्पष्टिकरण, कारबाही गर्न रौतहट प्रहरीमा पत्राचार

निर्वाचन आयोगले मतदातालाई प्रलोभनमा पार्ने अभिव्यक्ति दिएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाहीको तयारी गरेको छ । आयोगले नेपाललाई स्पष्टीकरण सोध्नुका साथै जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अघि बढाउन पत्र समेत लेखेको छ ।

नेपालभ्युज

माधव नेपाललाई निर्वाचन आयोगको स्पष्टिकरण, कारबाही गर्न रौतहट प्रहरीमा पत्राचार

काठमाडौं । निर्वाचन आयोगले मतदातालाई प्रलोभनमा पार्ने अभिव्यक्ति दिएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाहीको तयारी गरेको छ ।

आयोगले नेपाललाई स्पष्टीकरण सोध्नुका साथै जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अघि बढाउन पत्र समेत लेखेको छ । रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै आयोगले बिहीबार अध्यक्ष नेपाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

तर जवाफ नआउँदै आयोगले थप कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । पत्रमा सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले  निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन भनेको छ ।

त्यसअघि नेपाललाई सोधिएको स्पष्टिकरणमा, ‘रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’ भनिएको छ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ । ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved