राजु गुरुङको रिट माथेमा र रेग्मीको संयुक्त इजलासमा

नेपालभ्युज

राजु गुरुङको रिट माथेमा र रेग्मीको संयुक्त इजलासमा

काठमाडौं। रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु गुरुङले उम्मेदवारी सम्बन्धमा दिएको रिट न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । बुधबारसम्मका लागि तोकिएको अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा आज सुनुवाइ हुन लागेको हो ।

सत्ता गठबन्धनका तर्फबाट रुपन्देही २ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज विरुद्ध गुरुङ असोज २७ गते रिट लिएर सर्वोच्च गएका थिए ।

रिटमा उम्मेदवार राजु गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आबद्ध रहेको संस्था नर्थ वेष्ट नेपा इन्फ्रा प्रालि मात्रै रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् ।

असोज ३० गतेको पेसीमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गते बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम गर्न आदेश दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved