चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, अस्पतालविरुद्ध आन्दोलन

नेपालभ्युज

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, अस्पतालविरुद्ध आन्दोलन

काठमाडौं।  काठमाडाैं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

काठमाडौं महानगरपालिका -९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरको मृत्यु चिकित्सको लापरवाहीले भएको भन्दै आफन्त अस्पतालविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

एक साताअघि अस्पताल भर्ना गरिएका विद्याधरलाई अस्पतालले आइतबार साँझ मृत घोषणा गरेको थियो। चिकित्सकले ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बुबाको मृत्यु भएको छोरा प्रगेशले बताए।

उनका अनुसार बेहोस भएपछि शैलेन्द्रलाई असोज २३ गते साँझ अस्पताल भर्ना गरिएको थियो। इमर्जेन्सीमा राखिएका बिरामीलाई दुई घण्टापछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्दै सारेको आसीयुमा सारेको थियो।

अवस्था गम्भीर भएपछि अप्रेसन तुरुन्त गर्नुपर्ने भनिएको थियो। सोही अनुसार अप्रेशन गर्दा ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेको कारण मृत्यु भएको प्रगेशको दावी गरे।

केएमसी प्रशासनले भने अस्पतालको कुनै गल्ती नभएको दाबी गरिरहेको छ । प्रगेशका अनुसार अस्पतालले मृतकका आफन्तलाई अदालत जान चुनौती दिएको छ।

मृतकका आफन्तहरू अस्पतालविरुद्ध आज बिहान आन्दोलनमा उत्रिएका छन्। उनीहरू अस्पतालले लाइसेन्स लिएर मान्छे मारेको भन्दै आक्रोशित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved