सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

नेपालभ्युज

सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

काठमाडाैं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनको निधनको शोकमा सरकारले मंगलबार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।

किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको १०३ वर्षको उमेरमा आइतबार निधन भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved