सेपाकताक्रोमा आर्मीलाई स्वर्ण

नेपालभ्युज

सेपाकताक्रोमा आर्मीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदमा सेपाकताक्रोको पुरुष र महिला डबल्सतर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ।

नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश  १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।

अनिल जर्घा मगर, रोशन तामाङ र दिपेश जंग थापाले सेनालाई स्वर्ण दिलाएका हुन् ।  सो स्पर्धामा रजत पदक प्रदेश १ र काश्य पदक बागमती प्रदेशले जिते ।

यसैगरी महिला डबल्सतर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ ।

सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् । गण्डकी प्रदेशले काश्य पदक प्राप्त गर्‍यो ।

सेपाकताक्रोमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved