९.६९ अंकले घट्यो नेप्से

नेपालभ्युज

काठमाडौं।  साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ९.६९ अंकले घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.४७ अंकले घटेर ३६५.४२ अंकमा बन्द भएको छ । आइतबार बैंकिङ र उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

बैंकहरू प्रथम त्रैमासिक क्लोजिङमा लाग्दा सकारात्मक वित्तीय विवरणको अपेक्षामा एभरेस्ट, स्ट्यान्नर्ड चाटर्ड, नेपाल एसबीआईलगायत बैंकमा लगानीकर्ताको आकषर्ण देखिएको छ । जसले नेप्से रातो हुँदा पनि बैंकिङ उपसूचक भने हरियो देखिएको छ ।

गत साता बैंकर्स संघले निक्षेपको ब्याजदर थप बढाउन नहुने निष्कर्ष निकाल्दै तत्काल घटाउने परिस्थितिमा पनि नभएको भन्दै असोजकै ब्याजदर कात्तिकमा पनि निरन्तरता दिने सहमति गरेको थियो ।

आइतबार नेप्सेमा १८३ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ३० कम्पनीको बढेको छ । त्यस्तै ५ कम्पनीको स्थिर रहेको छ ।

अभियान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकको ७.२५ प्रतिशत, एभरेस्ट बैंकको ५.१५ प्रतिशत र नेपाल एसबीआई बैंकको सेयरमूल्य ३.७७ प्रतिशतले वृद्धि भएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved