राष्ट्रिय खेलकुद: निशा चौधरीको कीर्तिमान, सन्तोषीलाई स्वर्ण

पोखरा रंगशालामा शनिबार निशाले हिट चरणमै राष्ट्रिय कीर्तिमान बनाउँदा निर्धारित दुरी १२.१५ सेकेन्डको समयमा पूरा गरिन् । 

नेपालभ्युज

राष्ट्रिय खेलकुद: निशा चौधरीको कीर्तिमान, सन्तोषीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । लुम्बिनी  प्रदेशकी  चौधरीले १०० मिटर महिला दौडमा कीर्तिमान बनाएकी हुन् ।

पोखरा रंगशालामा शनिबार निशाले हिट चरणमै राष्ट्रिय कीर्तिमान बनाउँदा निर्धारित दुरी १२.१५ सेकेन्डको समयमा पूरा गरिन् ।

यस अघि देवीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको इलेक्ट्रोनिक टाइमको राष्ट्रिय कीर्तिमान उनले तोडेकी हुन् ।

प्रतियोगितामा एथलेटिक्सको महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

सन्तोषीले ३६ मिनेट १२.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । घाइते भए पनि स्वर्ण जितेको भन्दै उनले खुसी व्यक्त गरिन । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् ।

पुलिसकी राजपुरा पछाईले ३६ मिनेट २९.४५ सेकेन्डमा दौड पूरा गर्दै रजत जितिन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो स्थानमा रहिन । उनले ३७ मिनेट ०४.२ सेकेन्डको समयमा दौड पुरा गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved