गठबन्धन बैठक : निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने

नेपालभ्युज

गठबन्धन बैठक : निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले  मंसिर ४ मा हुन् प्रतिनिधि र प्रदेशसभालाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ । बिहीबार बसेको गठबन्धनको बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ  संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला आयोजना गर्ने निर्णय गरेको हो । यसको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्नेछ ।

यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्ने गठबन्धनले जनाएको छ ।

कार्तिक ५ गते जनकपुर, कार्तिक ६ गते धनगढीमा  हुने भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कार्तिक ७ गते काठमाडौंमा हुने भेलाको माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ ।

कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३–३ जना सहभागी हुने गठबन्धनका एक नेताले जानकारी दिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved