अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थीले संयुक्त निर्वाचन परिचालन संयन्त्र बनाउने

नेपालभ्युज

अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थीले संयुक्त निर्वाचन परिचालन संयन्त्र बनाउने

काठमाडौं । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनले संयुक्त निर्वाचन परिचालन संयन्त्र बनाउने भएका छन् । विहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग संयुक्त बैठक बसी दुई संगठनले उक्त निर्णय गरेका हुन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले यससम्बन्धी जानकारी एक विज्ञप्ति मार्फत दिएका छन् । नेताद्वयले स्थानीय तहसम्म संयुक्त संयन्त्र बनाएर माउ पार्टीलाई चुनावमा सघाउने निर्णय गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved