उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले हाले सर्वोच्चमा मुद्दा

रिटमा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कानूनसम्मत नभएको भन्दै बदर गर्न र आफ्नो उम्मेदवारी कायम गराउन अन्तरिम आदेश माग गरिएको छ । 

नेपालभ्युज

उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले हाले सर्वोच्चमा मुद्दा

काठमाडौं । एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार बनेका गुरुङ बिहीबार सर्वोच्च पुगेर मुद्दा हालेका हुन् ।

गुरुङ दिउँसो पूर्व कानून मन्त्री गोविन्द बन्दी, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ लगायतलाई लिएर सर्वोच्च अदालत पुगेका थिए । रिटमा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कानूनसम्मत नभएको भन्दै बदर गर्न र आफ्नो उम्मेदवारी कायम गराउन अन्तरिम आदेश माग गरिएको छ ।

मुद्दाको पेशी भोलि शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

रुपन्देहीमा एमाले उपाध्यक्ष बिष्णु पौडेलविरुद्ध गठबन्धनबाट उठेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतले खारेज गरेका थिए । बैंङ्किङ कसुर सम्बन्धि मुद्दामा सजाय पाएको भनि परेको उजुरीमा निर्वाचन अधिकृतले उम्मेदवारी खारेज गरे पनि गुरुङले त्यसलाई अश्विकार गरेका छन् ।

 

आयोगले झिकाएको प्रमाणमा पनि सजाय पाएको कतै उल्लेख नभएको भन्दै गुरुङले त्यसमा निर्वाचन अधिकृतको बदनियत देखिएको उल्लेख गरेका छन् । सोही क्षेत्रका अन्य दुईजना स्वतन्त्र उम्मेदवारको पनि मनोनयन खारेज गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved