वैज्ञानिकको नयाँ मिसन : चन्द्रमामा बिरुवा उब्जनी गर्ने

नेपालभ्युज

वैज्ञानिकको नयाँ मिसन : चन्द्रमामा बिरुवा उब्जनी गर्ने

काठमाडौं। अस्ट्रेलियाका वैज्ञानिकहरूले अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गर्ने भएका छन् । जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ ।

क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियान अन्तर्गतको बेरेसिट २ अन्तरिक्ष यानले बिउ बोक्न बताएका छन् ।

यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाई पानी दिइनेछ । बिज अङ्कुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अङ्कुरण हुने विरुवा छनोट गरिने उनले बताए । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीबिना बाँच्न सक्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved