अन्तर्राष्ट्रिय पृथ्वी दिवस नेपालसहित आज विश्वभर मनाइँदै

नेपालभ्युज

अन्तर्राष्ट्रिय पृथ्वी दिवस नेपालसहित आज विश्वभर मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय पृथ्वी दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ ।

प्रत्येक वर्ष अप्रिल २२ तारिखमा पृथ्वी दिवस मनाउने गरिन्छ । सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउने निर्णय पारित गरेको थियो ।

यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ । दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ ।

पृथ्वी बर्सेनी तात्दै गइरहेको छ ।

सन् १८८० पछि प्रत्येक दश वर्षमा ० दशमलव ८ डिग्रीका दरले पृथ्वीको तापक्रम बढिरहेको छ ।

वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण पृथ्वीको तापक्रम बढेको विज्ञहरुको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved