इङ्लिश प्रिमियर लिगमा सिटीको फराकिलो जित

नेपालभ्युज

इङ्लिश प्रिमियर लिगमा सिटीको फराकिलो जित

काठमाडौं । इङ्लिश प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले फराकिलो जित निकालेको छ । इतिहाद स्टेडियममा शनिबार भएको खेलमा घरेलु टोलीले साउथह्याम्प्टनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीका लागि जोआओ क्यान्सेला, फिल फोडेन, रियाद महरेज र एर्लिङ हाल्याण्डले गोल गरे । खेलको २० औँ मिनेटमा क्यान्सेलाले सिटीका लागि खाता खोले ।

३२ औँ मिनेटमा फोडेनले सिटीका लागि दोस्रो गोल गरे । ४९ औँ मिनेटमा महरेजले तेस्रो गोल गरे । एर्लिङ हाल्याण्डले ६५ औँ मिनेटमा चौथो गोल गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved