बाढि पीडितको उद्धारमा खटिएका शसस्त्रका दुई जवानको दुर्घटनामा मृत्यु

नेपालभ्युज

बाढि पीडितको उद्धारमा खटिएका शसस्त्रका दुई जवानको दुर्घटनामा मृत्यु
सांकेतिक तस्वीर।

घोराही । दाङको देउखुरीमा बाढि पीडितको उद्धारमा खटिएका सशस्त्र प्रहरीका दुई जवानको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरीको दुर्घटनामा मृत्यु भएको हो ।

बाढीपीडितको उद्धारमा खटिएर लु ४० प ४९२२ नम्बरको मोटरसाइकलमा लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटना भएको थियो ।
गएराती दुर्घटना भएपछि उपचारका क्रममा मृत्यु भएको शसस्त्र प्रहरीले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved