प्रिमियर लिगमा आज म्यान्चेष्टर डर्बी भिडन्त

नेपालभ्युज

प्रिमियर लिगमा आज म्यान्चेष्टर डर्बी भिडन्त

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा आज आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा म्यान्चेष्टर डर्बीमा सिटी र यूनाईटेड भिड्दैछन्।

सिटी र यूनाईटेडबीचको खेल नेपाली समय अनुसार राति पौने ७ बजे सुरु हुनेछ। सिटी छैटौं जितको खोजीमा छ भने यूनाइटेड पाँचौँ जित निकाल्न चाहन्छ।

१७ अंकसहित सिटी अंक तालिकाको दोस्रो स्थानमा छ। १२ अंक भएको यूनाईटेड पाँचौँ स्थानमा छ। अर्को खेलमा लिड्स यूनाईटेड र एस्टन भिल्ला राति सवा ९ बजे आमने सामने हुनेछन्।

यूनाईटेड र भिल्ला तेस्रो जितको खोजीमा छन्। ८ अंक भएको यूनाईटेड १३ औ स्थानमा छ। ७ अंकसहित भिल्ला १४ औँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved