प्रिमियर लिग : आर्सनल र चेल्सी विजयी, लिभरपुल बराबरीमा रोकियो

नेपालभ्युज

प्रिमियर लिग : आर्सनल र चेल्सी विजयी, लिभरपुल बराबरीमा रोकियो

काठमाडौं। ईंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले टोटनहमलाई हराएको छ ।  आर्सनलले टोटनहमलाई ३–१ गोलले हराएको हो । आर्सनलको जितमा थोमस पार्टे, जिसस र साकाले गोल गरे। टोटनहमका ह्यारी केनले पेनाल्टीमा गोल गरे ।

जीतसँगै आर्सनल २१ अंकसहित शीर्ष स्थानमा कायमै छ । टोटनहम १७ अंकसहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २१ गोलले हरायो । जितसँगै म्यानचेस्टर युनाइटेडलाई पछि पारेर चेल्सी पाँचौँ स्थानमा पुगेको छ ।

अर्को खेलमा लिभरपुल र ब्राइटनले ३-३ गोलको बराबरी खेले । २ गोलले पछि परेको अवस्थाबाट लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै ३-३ को बराबरी गर्न सफल भयो । लिभरपुलका फिरमिनोले गोल गरे एक गोल आत्मघाती उपहार पायो । लिभरपुल १० अंकसहित नवौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved