‘म पार्टीको सम्पर्कमा नरहेको भन्नु हाँस्यास्पद’ -भीम रावल

नेपालभ्युज

‘म पार्टीको सम्पर्कमा नरहेको भन्नु हाँस्यास्पद’ -भीम रावल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै नरहेको भन्नु हाँस्यास्पद भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत नेता रावलले यस्तो बताएका हुन् ।

अछाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिस भएका रावल पार्टीको सम्पर्कमा नरहेको भन्दै नेताहरुले पार्टीमा विकल्प खोज्न भनेपछि रावलले यस्तो बताएका हुन् । उनले आफू अछाम प्रतिनिधिसभा क्षेत्र नं।१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएको र यसबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको पनि बताएका छन् ।

उनले भने – ‘म ‘पार्टीको सम्पर्कमा नरहेको’ भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो।म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ।यो बारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ।म सम्पर्क विहीन भन्नु हास्यास्पद ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved