नेपाल टी २० लिगको नयाँ मिति सार्वजनिक

नेपालभ्युज

नेपाल टी २० लिगको नयाँ मिति सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल टी २० लिगको नयाँ मिति सार्वजनिक गरेको छ । आइसीसीले मंगलबार सार्वजनिक गरे अनुसार  लिग मंसिर २६ देखि सुरु हुने क्यानले जनाएको छ । लिगको फाइनल भने पुस १६ मा हुने बताइएको छ  । यसअघि, भदौँ २९ गते  गृह मन्त्रालयको निर्देशनपश्चात  स्थगित गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषदको स्वीकृतिमा आयोजना हुन लागेको लिगको लागि क्यानले क्रिकेट मैदान तथा खेलाडीहरूको बसोबास गर्ने होटलमा सुरक्षाको व्यवस्थाको लागि अनुरोध गरेकोमा मन्त्रालयले भने आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका विभिन्न कार्यक्रमहरू हुने भएको कारण देखाउँदै प्रतियोगिता चुनावपश्चात् व्यवस्थापन गर्न अनुरोध गरेको थियो ।

चुनावमा सुरक्षाकर्मीहरू भारी मात्रामा खटाइने भएकोले खेलाडीहरूको सुरक्षाका निम्ति पर्याप्त जनशक्तिको अभाव हुने भएकाले मन्त्रालयले लिग स्थगित गर्न अनुरोध गरेको थियो । लिगको लागि ३३ अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता पक्का भइसकेको थियो ।   लिगको ड्राफ्टमा ६ टोलीले १००० निवेदकबाट आफ्नो टोली निर्माण गरिसकेको थियो ।

काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र फार–वेस्टर्न युनाइटेड गरी ६ टोलीको लिगमा सहभागिता रहनेछ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved