इटली यूईएफए नेसन्स लिगको फाइनल्समा

नेपालभ्युज

इटली यूईएफए नेसन्स लिगको फाइनल्समा

काठमाडौं। इटली यूईएफए नेसन्स लिगको फाइनल्समा प्रवेश गरेको छ । इटलीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरि फाइनल्समा पुगेको हो ।

गएराति भएको खेलमा इटलीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले एक/एक गोल गरे । जितसँगै इटली लिग ए समूह ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरीको १० अंक छ ।

यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल चारमा स्थान बनाइसकेका छन् । अब पोर्चुगल र स्पेनबीचको विजेताले फाइनल्समा स्थान बनाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved