को हुन पाउँछन् अस्थायी मतदाता ?

नेपालभ्युज

को हुन पाउँछन् अस्थायी मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन गरिरहेको छ । अस्थायी मतदाता नामावलीमा समावेश मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ ।

यस्ता मतदाताले प्रदेशसभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेपाल सरकार, प्रदेश सरकार,स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्वमा वा नियन्त्रणमा रहेका संस्थामा कार्यत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन खटिने कर्मचारी र सुरक्षाकर्मी अस्थायी मतदाताका रूपमा सूचीकृत हुन पाउनेछन्।

यसैगरी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरूलाई अस्थायी मतदाता नामावलीमा सूचीकृत गरिने आयोगले जनाएको छ । अस्थायी मतदातामा नामावली हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved