डेंगुको संक्रमण ह्वात्तै बढ्यो, एकैदिन १ एक हजारभन्दा बढीमा संक्रमण

मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

पछिल्लो २४ घण्टामा एक हजार ५१ जना डेंगुका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । अहिलेसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ ।

नेपालभ्युज

डेंगुको संक्रमण ह्वात्तै बढ्यो, एकैदिन १ एक हजारभन्दा बढीमा संक्रमण
सांकेतिक तश्वीर

काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ५१ जना डेंगुका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि, २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।

अहिलेसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलोपटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved