हिमाल र वियन्कालाई स्वर्ण

नेपालभ्युज

हिमाल र वियन्कालाई स्वर्ण

काठमाडौं। केकेएम–एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा काठमाडौं खेल मण्डल (केकेएम)–न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे । केकेएम÷एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेश्रो भए । गल्र्सको उपाधि भिडन्तमा
िवयन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७ र ११–८ को सेटमा हराए । नेपाल आर्मीकी सुष्मिता खड्का र केकेएम–एनआरटीकी अन्जु सुवालले कांस्य हात पारे । पुरुष÷महिला खुला सिंगल्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved