मकवानपुरमा बस दुर्घटना – मृत्यु हुनेको संख्या ७ पुग्यो

हेटौँडा भीमफेदी सिस्नेरी काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग अन्तर्गत बिहीबार दिउँसो काठमाडौंबाट वीरगन्ज जान आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस जुरीखेतमा दुर्घटना भएको हो।

मकवानपुरमा बस दुर्घटना – मृत्यु हुनेको संख्या ७ पुग्यो

हेटौँडा। मकवानपुरको भीमफेदी ६ को जुरीखेतमा भएकाे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

हेटौँडा-भीमफेदी- सिस्नेरी- काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग अन्तर्गत बिहीबार दिउँसो काठमाडौंबाट वीरगन्ज जान आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस जुरीखेतमा दुर्घटना भएको हो।

दुर्घटनामा ७ जना कै घटनास्थल मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। बस घुम्तीमा सडकबाट करिब पचास मिटर तल खसेको हो। बस सडकबाट तल खस्दा हेटौँडाबाट काठमाडौंतर्फ गइरहेको टाटा सुमोमाथी ठोक्कीन पुगेको हो।

दुर्घटनामा घाइतेहरूलाई हेटौँडा अस्पतालमा ल्याइएको छ। मृतकहरूको पहिचान खुलेको छैन। दुर्घटनाको थप विवरण आउने क्रममा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved