बझाङमा ३८ महिनामा १०३ जनाले गरे आत्महत्या

नेपालभ्युज

बझाङमा ३८ महिनामा १०३ जनाले गरे आत्महत्या

बझाङ। बझाङमा ३८ महिनामा १०३ जनाले आत्महत्या गरेको छन् । आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन् । तीन वर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ ।

आत्महत्याले सामाजिक र मनोवैज्ञानिक असर गर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने सबैको दायित्व रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डीएसपी जागेश्वर भण्डारी बताउँछन् ।

दिवसकै अवसरमा सदरमुकाम चैनपुर बजारमा जनचेतनामूलक सन्देशसहित प्रभातफेरि र सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved