एमाले सचिवालय बैठक : समानुपातिक उम्मेदवार आइतबार तय गर्ने

नेपालभ्युज

एमाले सचिवालय बैठक : समानुपातिक उम्मेदवार आइतबार तय गर्ने

काठमाडौं । प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको नामावली तय गर्न  गर्न बसेको नेकपा एमालेको सचिवालय बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास  बालकोटमा बसेको उक्त बैठकले समानुपातिक तर्फका उम्मेदवारबारे छलफल गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार शनिबार साँझको बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुमा छलफल भएकोले प्रतिनिधिसभाका समानुपातिक उम्मेद्वारको नामावली आइतबार तय गरिने भएको हो  ।

महासचिव शंकर पोखरेलले ११० जना सिफारिस गनुपर्ने र त्यसको कानुनी व्यवस्था तथा संख्याको बारेमा बैठकमा जानकारी गराएका थिए।

साथै बैठकले अछामको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बेपत्ताहरुको खोजी, राहत र उद्धारको काम छिटो गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved