कांग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण पुष्टि भएको छ। अचानक बिरामी भएपछि परिक्षण गर्दा उनमा डेंगु पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण पुष्टि भएको छ। अचानक बिरामी भएपछि परिक्षण गर्दा उनमा डेंगु पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

शरीर दुख्ने र ज्वरो आउने लक्षण देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्य परीक्षण गर्दा डेंगु देखिएको हो।

अब केही दिन उनी आराम गर्ने र कुनै भेटघाट नहुने उनको सचिवालयले जानकारी दिएको छ। मंसिर चार गते हुने निर्वाचनकालागि उम्मेदवार छनोट चलिरहेको छ। तर, कांग्रेसका दुर्व महामन्त्री अहिले बिरामी परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved